default_image

4 years ago

September 30, 2021

आर्मी र पुलिस सेमिफाइनलमा

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । गल्कोटले राष्ट्रिय खेलाडीले भरिपुर्ण आर्मीलाई कडा चुनौती दिएपनि हार टार्न सकेन ।

आर्मीले पहिलो सेटमा २५–१५ को सहज जित हात पारेको थियो । दोस्रो सेटमा आर्मीलाई कडा चुनौती दिदै समर्थकको साथ पाएको गल्कोटले २५–१९ खेल आफ्नो पक्षमा पार्दा खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।

१२–१२ को अवस्थामा अघि बढेको गल्कोटले लगातार अंक जोड्दा आर्मीले ७ अंक मात्रै जोड्न सकेको थियो । त्यसपछि खेलमा फर्किएको आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

यस्तै अर्काे क्वाटरफाइनलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१९, २८–१८ र २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा पुग्न सफल भयो । साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.