4 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पुलिसमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै डायमन्डले फाइनलमा नेपाल एपीएफसँगको भेट पक्का गरेको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेट १८–२५ ले गुमाएको डायमन्डले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेपछि पुलिसले २–१ को सेटमा अग्रता लियो । चौथो सेट डायमन्डले २५–१७ ले जितेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । निर्णायक सेटमा सुरुवाती समयमा डायमन्ड पछि परेपनि पूनरागमन गर्दै १५–१० को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

अब डायमन्डले उपाधिका लागि शनिबार नेपाल एपीएफको सामना गर्नेछ । एपीएफले शुक्रबारै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो स्थानको लागि आर्मी र पुलिसले शनिबारै प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फको सेमिफाइनलका खेल आजै (शुक्रबार) हुनेछ । सेमिफाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]