4 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।
कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याचबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । २०६५ सालमा कोष स्थापना भएपनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो । हाल कोषमा १ करोड ४० लाख रुपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउदै आएको श्रेष्ठले जानकारी गराए ।
विनाशकारी भूकम्प गएको वर्ष २०७२ मा कोषले सबै भन्दा बढी २७ लाख आर्थिक सहयोग वितरण गरेको थियो । त्यसबेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रुपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]