default_image

4 years ago

October 2, 2021

उपाधिका लागि एपीएफ र न्यु डायमन्ड भिड्दै

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि विभागीय एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो १ बजेपछि शुरु हुनेछ । चिरपरिचित प्रतिद्धन्द्धी डायमन्डलाई हराउँदै एपीएफ यस वर्षको दोस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

एपीएफले गत बैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोशी अध्यक्ष कपमा डायमन्डलाई नै हराउँदै वर्षको पहिलो उपाधि जितेको थियो । एपीएफ सोही जितलाई निरन्तरता दिदै च्याम्पियन बन्ने दाउमा हुनेछ । टोलीसँग सरस्वती चौधरी, निरुता ठगुन्ना, कप्तान विनिता बुढाथोकी, रेश्मा भण्डारी, हीरा केसी, उषा कुमारी विष्ट, पुजा चौधरी, नेविका चौधरी, मनिषा तामाङ र कविता भट्टलगायतको खेलाडीको साथ रहेको छ ।

यता, डायमन्ड पनि एपीएफलाई स्तब्ध पार्दै वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । डायमन्डले गत बैशाखमा सिन्धुपाल्चोकमा एपीएफसँग हार बेहोरेको थियो । टोलीसँग राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही, कप्तान ललितानाथ, प्रतिभा माली, वालमिका आचार्य, रिमा कुँवर, झरना श्रेष्ठ, सलिना श्रेष्ठ, प्रतीक्षा गुरुङ, एन्जिला प्रधान, पनामिका राई, प्रगतीनाथ, सलिना बुढामगरको साथ रहेको छ ।

एपीएफले आर्मीको तथा डायमन्डले नेपाल पुलिस क्लबलाई समान ३–२ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । त्यसअघि बिहान ९ बजे तेस्रो स्थानको लागि आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । पुरुषतर्फको समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा तथा महिलातर्फको समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ ।

च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.