4 years ago
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २० र २१ असोजमा दशरथ रंगशालास्थित मिनि कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुने संयोजक अमर पुलामी मगरले बताए ।
जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको आयोजकले जनाएको छ ।
यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थप्नुका साथै खेलाडीहरुको खेलस्थर वृद्धिमा समेत टेवा पुग्ने आयोजकले बताएको छ ।
करिब ७ लाख ५० हजार अनुमानित बजेटमा गर्न लागिएको यस प्रतियोगिताको लागि आर्थिक सहयोग भने खेलाडी तथा खेलप्रेमी महानुभावहरुबाट संकलन गरिएको कोषाध्यक्ष विजय सिंजालीले बताए । प्रतियोगिता दौरान १३औ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम पनि राखिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]