default_image

4 years ago

October 6, 2021

प्रज्ज्वललाई स्वर्ण

224 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोण उसु क्वानका प्रज्ज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमा बुधबार स्वर्ण जितेका छन् ।

निन्जा उसु क्वानका लब्सन आले मगर दोश्रो भए । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत छाङ छ्वानको पुरुषमा त्रिकोणका विजय श्रेष्ठ र महिलामा ड्रागनकी सारा तामाङ, छुची छाङ छ्वानको पुरुषमा पशुपति कैलाश उसु क्वानका निशान थापा मगर र महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा तथा छुची नान् छ्वानको पुरुषमा ड्रागन पासाङ लामा र महिलामा काठमाडौंकी ममता सुनुवार राईले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको नेपाली कांग्रेसका युवा नेता पूर्व मन्त्री गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । थाउलोमा १८ तथा सान्सौंमा २० गरी ३८ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । दुईदिने प्रतियोगितामा २ सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.