4 years ago
October 8, 2021
विजय नेपाली, पोखरा
स्पोर्ट्स क्यासल पोखराले पहिलो सस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि जितेको छ । शखंमुल फुटसललाई ४–२ ले हराउँदै स्थानिय टोली स्पोर्ट्स क्यासलले उपाधि जित्न सफल भएको हो ।

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा स्पोर्ट्स क्यासललाई च्याम्पियन बनाउन किशोर गुरुङले ह्याट्रिक पुरा गर्दा विजय गुरुङले एक गोल गरे । शंखमुलका लक्ष्मण थापमगर र मणि लामाले गोल गरेपनि उपाधि जित्न पर्याप्त बनेन ।
खेलको पाँचौ मिनेटमा विजय गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई १–० को अग्रता दिलाए । १०औं मिनेटमा लक्ष्मण थापामगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । २०औं मिनेटमा किशोर गुरुङले गोल गर्दे स्पोर्ट्स क्यासललाई २–१ को अग्रता दिलाए ।
२१औं मिनेटमा किशोर गुरुङले स्पोर्ट्स क्यासललाई ३–१ को अग्रता दिलाए । २२औं मिनेटमा मणि लामाले गोल गर्दाै शंखमुललाई ३–२ को अवस्थामा ल्याए । ३९औं मिनेटमा किशोर गुरुङले ह्याट्रिक पुरा गर्दै क्यासलाई ४–२ को जितसहित च्याम्पियन बनाए ।

शंखमुलले लगातार चौथो दिन चार खेल खेल्नुपर्दा फाइनलमा फाइनलमा स्पोर्ट्स क्यासललाई बलियो चुनौती पेश गरेपनि हार टार्न सकेन । फाइनलमा ह्याट्रिक पुरा गरेका किशोर गुरुङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे ।
राउन्ड रोविन लिगपछि शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरबाट स्पोर्ट्स क्यासलले फाइनलमा स्थान बनाउँदा शंखमुल लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर र दोस्रो क्वालिफायर खेल्दै फाइनलमा पुग्न सफल भएको थियो । यि दुई टोलीले लिगमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
लिगमा स्पोर्ट्स क्यासलले ११ खेल खेल्दा ९ जित, १ बराबरी र हारको नतिजा आत्मसात गरे । शंखमुलले १२ खेल खेल्दा ७ जित, ३ बराबरी र २ हारको नतिजा निकाल्यो ।
उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । २ देखि २२ असोजसम्म पोखरामा भएको लिगमा देशभरका १० टोलीले प्रतिस्पर्धा गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
प्रदेश १ बाट फुटसल फाइभ र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स् रहेका थिए । गण्डकी प्रदेशबाट स्पोर्ट्स क्यासल, सविन मेमोरियल फुटसल क्लब र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसलले लिगमा स्थान बनाउँदा लुम्विनीकै झरना स्पोर्ट्स क्लब रुपेन्देहीले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । लुम्बिनीका दुवै टोली नै रेलिगेसनमा परेका छन् ।
लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]