2 years ago
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ […]
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी अनिवार्य हुनुपर्ने र बाँकी बाहिरका खेलाडी राख्न पाउने क्लबका अध्यक्ष दिपेन्द्र खाँडले जानकारी गराए ।
पुरुषतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा सान्त्वना हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । पुरुषतर्फको उत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा वेष्ट डिफेन्स) ले जनही २ हजार प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फको उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।
April 19, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]
April 16, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]
April 10, 2024
सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]