default_image

4 years ago

October 27, 2021

दाजुभाई र स्याङ्जा फाइनलमा

210 views

0 Bookmark

स्याङ्जा (हाम्रो खेलकुद) – दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि नवलपुर र स्याङ्जा भलिबल क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् ।

स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बुधबार भएको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबका खेलाडी सम्मिलित दाजुभाईले अकला फेन्सी स्टोर्स गल्याङलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । एकपक्षीय खेलमा दाजु भाईले अकलालाई २५–५, २५–६ र २५–९ को सोझो सेटमा जित निकाल्यो ।

अर्काे खेलमा स्याङ्जा भलिबल क्लबले आयोजक वालिङ भलिबल क्लबलाई २५–१६, २५–२० र २५–११ को सोझो सेटमा हराउँदै फाइनलमा दाजु भाईसँगको भेट पक्का गरेको छ । फाइनल शनिबार हुनेछ ।

पुरुषतर्फ राङखोला भलिबल क्लब र भिरकोट बयरघारीको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । चौथो सेट २१–२० को अवस्थामा चलिरहँदा लाइट प्रोटेस्ट लागेको थियो । खेलमा राङखोला २–१ को सेटमा अघि रहेको थियो । उक्त खेल बिहीबार हुने आयोजक वालिङ भलिबल क्लबल जनाएको छ ।

खेल दौरान वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणको पनि उपस्थिति रहेको थियो । युनाइटेड फुटबल क्लबका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य एलवी ज्वारचनले २० हजार रुपैयाँ क्लबका अध्यक्ष दिपेन्द्र खाँणलाई हस्तान्तरण गरे ।

वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर साविकको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ ८ टोली तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी अनिवार्य हुनुपर्ने र बाँकी बाहिरका खेलाडी राख्न पाउने छन् । पुरुषतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा सान्त्वना हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । पुरुषतर्फको उत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा वेष्ट डिफेन्स) ले जनही २ हजार प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फको उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह–प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।

विषेश सहयोगीमा भिरकोट नगरपालिका र गल्याङ नगरपालिका रहेका छन् । वालिङ १० स्थयी घर भएका हाल बेलायत निवासी दौजित गुरुङ, छविराज गुरुङ र हेमन्त गुरुङले पुरुषतर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । दोस्रो पुरस्कार भारतीय सेनामा कार्यरत सुर्य बहादुर गुरुङ र बेलायत निवासी टिका गुरुङले प्रायोजन गरेका छन् ।

महिलातर्फको प्रथम पुरस्कार भुपेन लामिछानेले तथा दोस्रो पुस्कार वालिङकै हाल फ्रान्समा रहेका अंकित गुरुङ र समाजसेवी रामबच्छ निवासी विरेन्द्र श्रेष्ठले प्रायोजन गरेका छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.