4 years ago
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आरभ सम्राट हाडा र सलोनी तामाङले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आरभ पुरुष एकलतर्फ तथा सलोनी महिला एकलमा च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार भएको फाइनलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ को सेटमा पराजित गर्दै आरभले उपाधि जित्न सफल भएका हुन् । महिलातर्फ सलोनीले प्रेरणा कोईरालालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भइन् ।
गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडील अकि जुवेन राउत र निहाल जंग बहादुर थापाको जोडीलाई ६–४ र ७–६ को सेटमा पराजित गर्दै च्याम्पियन बने ।
३५ बर्ष माथिको पुरुष युगलतर्फको खेलमा कमल बहादुर भण्डारी र सिमान्त गुरुङको जोडीले निरज थापा र लोक गुरुङको जोडीलाई हराउँदै उपाधि जिते । ४५ बर्ष माथिको पुरुष एकलमा सिजर गुुरुङलाई पछि पार्दै विमल कुमार गुरुङले उपाधि जिते । विमलले सिजरमाथि ६–१ र ६–१ को सोझो सेटमा हराए ।
यस्तै युगलतर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडीमाथि ६–२, ६–३ को सेटमा जित निकाल्दै च्याम्पियन बने । ५५ बर्ष माथीको प्रतिस्पर्धामा कमल थापा र छम्ब धोन्दुपको जोडीले कृष्ण राज घले र सुवर्ण धाख्वाको जोडीलाई हराउँदै उपाधि जिते ।
करिव २० लाख लागत रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगलतर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार रुपैयाँ हात पारे ।
पुरुष एकल ३५ बर्ष माथिका शीर्ष तीनले नगद ४०, २० र १० हजार, युगलले २५, १५ र १० हजार, ४५ बर्षमाथिको एकल तर्फको शीर्ष तीनले ३०, १५ र ५, युगलतर्फ २०, १०, १० हजार, ५५ बर्षमाथि एकलले २० हजार, १० हजार र ५ हजार तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ बर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गरे ।
यस्तै जुनियर विधामा विजयी खेलाडीहरु गिफ्ट ह्याम्परबाट पुरस्कृत भए । विजयी खेलाडीहरुलाई नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कृत गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]