4 years ago
November 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ ।
लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी निशा भने समारोहमा उपस्थित थिइनन् । उनको भाईले निशातर्फबाट सम्मान गरे ।
सो अवसरमा विश्वको सर्वोच्च शिखर सगरमााको उत्तरी र दक्षिणी मोहडाबाट सफल आरोहण गर्ने विश्वकी पहिलो महिला पत्रकार कल्पना महर्जन र आठ वर्षकै उमेरमा ब्लाक बेल्ट हासिल गर्ने दिग्विजय महर्जनलाई पनि सम्मान गरियो । दिग्विजय विश्व कीर्तिमानी आरोही पत्रकार सम्मानित कल्पनाका छोरा हुन् ।
लिटल स्टार तेक्वयिपान्दोले दिग्विजयलाई नेपालका सबभन्दा कान्छो उमेरका तेक्वान्दो ब्ल्याकबेल्टधारी भएको दावी पनि गरेको छ । सो कार्यक्रममा लिटल स्टार तेक्वान्दो डोजाङमा ब्ल्याक बेल्टमा दिक्षित भएका २५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]