4 years ago
November 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् ।
नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मिन न्यौपाने, रविन्द्र मल्ल, जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । श्रेष्ठ यसअघि २०१९ को जुलाइमा जोर्डनमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिएका थिए । श्रेष्ठ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि हुन् ।
उक्त सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जितेको थियो । २७ खेल समावेश सागमा नेपाललाई सबै भन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो । पाकिस्तानको प्रतियोगितामा ६ खेलाडी तथा समान १–१ प्रशिक्षक र अफिसियल पनि नेपालबाट सहभागी भएका थिए । सबै खेलाडी पदकविहीन रहे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]