default_image

4 years ago

November 13, 2021

‘चुनौती स्वीकार्दै सातदोबाटोमा आबद्ध भए’- प्रशिक्षक केसी

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब नहेर्ने आफ्नो पुरानो निर्णयबाट पछि हट्दै मेघराज केसीले सातदोबाटो युथ क्लबको कमान सम्हालेका छन् । २०७६ को अन्त्यतिर थ्री स्टार क्लबमा चार वर्षको दोस्रो कार्यकाल सकेपछि केसीले ए डिभिजन क्लबलाई प्रशिक्षण नदिई प्रशिक्षणकै अर्को पाटोमा काम गर्ने बताएका थिए ।

तर मंसिर ३ गतेबाट सुरु हुने यसपटक सहिद स्मारक ए डिभिजन लिगमा उनले सातदोबाटो युथ क्लबको प्रशिक्षकका रुपमा देख्न पाइने भएको छ । सातदोबाटोले केसीलाई औपचारिक रुपमा प्रशिक्षकका रुपमा सम्झौता गरेको छ । केसी एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षण हुन् । त्यस्तै एएफसी बी लाइसेन्स प्राप्त उज्जवल मानन्धर गोलकिपर प्रशिक्षकका रुपमा सातदोबाटोमा आबद्ध भएका छन् ।

सातदोबाटो पहिलो पटक ए लिग खेल्ने तयारीमा छ । तीन महिना अघि बाटै टोलीको तयारी र खेलाडी केसीकै सल्लाहमा गरिरहेको जनाउँदै सातदोबाटो क्लबका महासचिव सुनिल विष्टले भने, ‘अहिले एक वर्षका लागि सम्झौता गरेका छौं । ’ केसीले लामो समयदेखि ए डिभिजन क्लबलाई प्रशिक्षण दिइसकेकोले त्यसबाट अलग भएर युवा खेलाडी उत्पादनमा लाग्ने योजना बनाएको स्मरण गरे ।

‘फुटबल भन्दा अलग जाने त सोच कहिल्यै छैन । अब युवा खेलाडी उत्पादन र एकेडेमी सञ्चालन गर्ने भन्ने योजना थियो,’ केसीले भने, ‘तर कोरोना महामारीका कारण हामीले सोचेजस्तो हुन सकेन । अझै पनि त्यसका लागि वातावरण बनेको छैन ।’

विगतमा स्थापित क्लबहरुलाई प्रशिक्षण दिसकेकोले यसपटक आफूले चुनौती उठाउनका लागि सातदोबाटोको प्रस्ताव स्वीकार गरेको केसीले बताए ।

‘यसअघि जति पनि क्लब हेरियो । ती स्थापित थिए,’ उनले भने, ‘सातदोबाटो पहिलो पटक ए डिभिजन लिग खेल्दैछ । यो मेरो लागि पनि चुनौती हो । मैले आफ्नो योजना अनुसार खेलाउन सकें भने म सफल हुने सम्भावना पनि छ । त्यसैले यो चुनौती स्वीकार गरेरै म सातदोबाटोमा आबद्ध भएको हु ।’

थ्री स्टार र त्रिभुवन आर्मी क्लबका प्रशिक्षक रहँदा घरेलु फुटबलका अधिकांश नकआउट प्रतियोगिता जितेका केसीले लिग भने जित्न बाँकी छ । २०५५ सालमा एन्फा एकेडेमीमा प्रशिक्षकका रुपमा प्रशिक्षण सुरु गरेका केसीले राष्ट्रिय फुटबल टोलीमा ग्राहम रोबर्ट्स प्रशिक्षक छँदा सहायक प्रशिक्षक रहेर अनुभव बटुले । यू १४ र पछिल्लो पटक गतवर्ष उनले यू १९ टोलीको प्रशिक्षकको भूमिका पनि सम्हाले । एन्फामा रहँदा उनले तत्कालिन कोरियाली प्रशिक्षक योकी होङका लागि दोभाषेका रुपमा काम गरेका थिए ।

यसबीचमा उनले जावलाखेल क्लब, फ्रेन्ड्स , मछिन्द्र, क्लब, हिमालयन शेर्पा, आर्मी र थ्री स्टार क्लबलाई प्रशिक्षण दिए । थ्री स्टार र आर्मीमा उनले नकआउट फुटबलका अधिकांश प्रतियोगिता जिते । ए डिभिजन सम्हाल्नुअघि उनले तत्कालिन नेकपा माओवादीको पिएलए टोलीलाई २ वर्ष प्रशिक्षण दिए । २०६५ मा पाँचौ राष्ट्रिय खेलकुदमा पिएलएले उनकै प्रशिक्षणमा खेलेको थियो । केसीले गत वैशाखमा भएको नेपाल सुपर लिगमा एफसी चितवनलाई प्रशिक्षण दिएका थिए ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.