default_image

8 years ago

August 12, 2017

चेल्सी पहिलो हाफमा ३-० ले पछाडी

102 views

0 Bookmark

लन्डन (एजेन्सी) – इङ्गलिस प्रिमियर लिगको साविक विजेता चेल्सी घरेलु मैदानमा बर्नलीविरुद्ध जारी खेलको पहिलो हाफमा ३-०ले पछाडी रहेको छ। चेल्सीका कप्तान ग्यारी केहिल रातो कार्ड खाँदै मैदान बाहिरीएपछि चेल्सीले पहिलो हाफमै ३ गोल खाएको हो।

खेलको १४औं मिनेटमा कप्तना केहिलले बर्नलीका स्टेफन डेफोरलाई बल नहुँदा प्रहार गरेको ट्याकल लागेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए। पाहुना टोली बर्नलीका लागि स्याम भोक्सले खेलको २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ३९औं मिनेटमा स्टेफन वार्डले उत्कृष्ट गोल गर्दै २-०को अग्रता दिलाए। उनले जयक कर्कको पासमा उत्कृष्ट ढंगले बल रोकेर भली प्रहार गरेका थिए।

खेलको ४३औं मिनेटमा भोक्सले बर्नलीलाई ३-०ले अगाडी बढाए। उनले डेफोरको क्रसमा हेडरमार्फत गोल गरेका थिए। प्रिमियर लिगको इतिहासमै चेल्सी पहिलो पटक घरेलु मैदानमा पहिलो हाफमा ३-०ले पछाडी पारेको हो। प्रशिक्षक कन्टेले केहिल बाहिरीएपछि मिडफिल्डर जेरेमी बोगाको स्थानमा डिफेन्डर अन्द्रेस क्रिस्टेन्सनलाई ल्याएका छन्।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.