default_image

8 years ago

August 19, 2017

प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर युनाइटेड र आर्सनल खेल्दै

143 views

0 Bookmark

लन्डन (एजेन्सी)- आज प्रिमियर लिग अन्तर्गतको खेलहरुमा तीन ठुला टोलीहरुले खेल्दै छन्।  आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले स्वान्सीको सामाना गर्दै छ।  लिगको पहिलो खेलमा  युनाइटेडले वेस्टह्याम बिरुद्ध ४-० को सहज जित हात पारेको थियो भने स्वान्सी साउथ ह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको थियो।

आज हुने खेलमा युनाइटेडले पहिलो खेलमै उतारेको सुरुआती ११ उतार्ने प्रबल सम्भावना रहेको छ भने घरेलु टोलीका लागि रकी मेंसाले डेब्यु गर्ने प्रबल सम्भावना छ। आजको खेल स्वान्सीको लिबर्टी स्टेडीयममा नेपाली समय बेलुकी ५:१५ मा सुरु हुने  छ।

आजै हुने अर्को खेलमा लिभरपुलले आफ्नो गृह मैदान एनफिल्डमा क्रिस्टल प्यालेसको चुनौतिको सामाना गर्दै छ। पहिलो खेलमा वार्टफर्डसँग ३-३ को बराबरीमामा चोटका कारण टिममा नरहेका स्टरिज टिममा फर्किएका छन् भने कुटिन्होको बिषयमा अझै टुंगो लाग्न सकेको छैन।

प्यालेस भने खेलाडीको फर्म र चोटले पिरोलिएको छ। सिजनको सुरुआतमै आफ्नो मुख्य खेलाडी जाहालाई इन्जुरीका कारण गुमाएको   प्यालेसले लीगको पहिलो खेलमा यहि सिजन बढुवा भएको हडर्ल्सफिल्डसँग ३-० को पराजय बेहेरोको थियो। खेल नेपाली समय ७:४५ मा सुरु हुने छ।

त्यस्तै आजको अन्तिम खेलमा स्टोक सिटिले आर्सनललाई आफ्नो मैदानमा निम्त्याउदै छ। सिजनको उद्घाटन खेलमा लेस्टरलाई रोमान्चक खेलमा लेस्टरलाई ४-३ ले पराजित गरेको आर्सनलले अघिल्लो खेल चोटका कारण गुमाएका मार्टसाकार र मुस्ताफीलाई खेलाउने सम्भावना रहेको छ भने एलेकसीस स्यान्चेज खेल्ने नखेल्ने अन्योलमै छन्।

पहिलो खेलमा एभर्टनसँग १-० ले पराजित भएको घरेलु टोलीले पीएसजी बाट लोनमा भित्र्याएको जेसे रोड्रीगेजलाई सुरुआत गराउने छ।  खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुने छ।

आजै हुने अन्य खेल हरुमा बर्नमाउथले वार्टफर्ड, बर्नलेले वेस्ट ब्रम, लेस्टरले ब्राईटन तथा साउथ ह्याम्पटनले वेस्ट ह्यामको सामना गर्ने छ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.