4 years ago
March 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा चैत १८ र १९ गते सातदोबाटोस्थित तेक्वान्दो हलमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा अन्तराष्ट्रिय प्रतियोगिताहरुबाट पदक हासिल गर्ने सम्भावित योग्य र उदियमान खेलाडीको पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ ।
७ प्रदेश र ३ विभागीय गरि १० वटा टोलीका सिनियर र जुनियरमा २६ तौल समूहमा गरि २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागी प्रतिस्पर्धा हुने बताइएको छ । राष्ट्रिय प्रतियोगिताका लागि गत महिना जिल्ला तथा प्रदेश टोलीको छनोट भइसकेको जनाएको छ । १० टोली तथा छनोट प्रतियोगितामा देखिएका उत्कृष्ट तथा उदयमान ४२ गरि झण्डै ३ सय खेलाडीले राष्ट्रिय प्रतियोगितामा भाग लिने बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि झण्डै ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
राष्ट्रिय प्रतियोगिताबाट आगामी दक्षिण एसियाली खेलकुद, एसियाली खेल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गरि तयारी गरिने संघले जनाएको छ । संघका उपाध्यक्ष भान बहादुर चन्दको अध्यक्षतामा ९ सदस्यीय प्रतियोगिता आयोजक समिति गठन र सदस्य राम गिरी प्रतियोगिताका संयोजक रहेका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]