default_image

3 years ago

August 16, 2022

आयशा अब लेभल २ पारा तेक्वान्दो प्रशिक्षक

408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले पारा तेक्वान्दोको लेभल २ प्रशिक्षण कोर्स उर्तिण गरेकी छन् । आयशाले विश्व पारा तेक्वान्दोको आयोजनामा मंगलबार सम्पन्न १८ औं विश्व पारा तेक्वान्दो प्रशिक्षक सर्टिफिकेट कोर्ष लेभलको उर्तिण गरेकी हुन् ।

प्रशिक्षण तीन दिन सम्म अनलाइन माध्यबाट भएको थियो । पारा तेक्वान्दोको लेभल–२ कोर्स पूरा गर्ने आयशा दोस्रो नेपाली तथा पहिलो नेपाली महिला प्रशिक्षक हुन् । यसअघि गत वर्ष कविराज नेगी लामाले उक्त कोर्ष उर्तिण गरेका थिए । त्यसअघि लामा, आयशा र विकेश बिडारीले लेभल–१ कोर्ष उर्तिण गरेका थिए ।

लेभल–२ कोर्समा सहभागी हुन विश्व तेक्वान्दोले जारी गरेको गाल लाइसेन्स, राष्ट्रिय प्रशिक्षकमा कम्तीमा एक वर्षको अनुभव र विश्व तेक्वान्दोले आयोजना गरेको कुनै एक प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेको हुनुपर्ने छ । लेभल २ उर्तिण प्रशिक्षकले एसियन गेम्सलगायतका अन्य महादेशीय प्रतियोगिताको टोलीलाई प्रशिक्षण दिन सक्नेछन् । लेभल २ कोर्षका लागि मौका दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिदै आयशाले पारा तेक्वान्दोको खेलाडी उत्पादन र प्रशिक्षणका लागि अब जति बेला पनि उपलब्ध रहने समेत बताइन् ।

झण्डै तीन वर्षअघि स्वदेशमा भएको १३ औं सागको तेक्वान्दोको पुम्सेमा आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन् । सागमा त्यसअघि नै उनले एक स्वर्ण र एक रजत पदक जितेकी थिइन् । उनले सन् २००६ को एसियाली खेलकुदमा तेक्वान्दोमा कास्य पदक जितेकी थिइन् ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.