10 years ago
August 12, 2015
काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता)
गत बर्ष कोरियामा सम्पन्न १७ औं एसियाली खेलकुदमा नेपाललाई एकमात्र पदक दिलाउन सफल करातेकी विमला तामाङसहित नौं खेलाडीले आज राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२) का दिन पारेर युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विमलासहितका खेलाडी सम्मानित भएका हुन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उप प्रधान तथा गृहमन्त्री बामदेव गौतमले खेलाडीलाई पुरस्कृत गरेका हुन् । बिमलासहित यसरी पुरस्कृत हुने खेलाडीमा किक बक्सिङका दिवस श्रेष्ठ, तेक्वान्दोकी ज्ञानी चुनारा, क्रिकेटका सोमपाल कार्की, एथलेटिक्सकी केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी, पारा एथलिट विक्रमबहादुर राना तथा एथलेटिक्सका सुनिल चौधरी र प्रमिला चौधरी रहेका छन् । ९ मध्ये ७ खेलाडीले जनही १ लाख र सम्मान पत्र प्राप्त गरे । सुनिल र प्रमिलाले ५०/५० हजार रुपैयाा प्राप्त गरे ।
सोही अवसरमा प्रशिक्षकद्घय ब्याडमिन्टनकी रजनीमैया जोशी र सन्जु महर्जन पनि सम्मानित भए । उनीहरु दुवैले समान ५० हजार रुपैयाा प्राप्त गरे ।
कोरियाको इन्छनमा गत बर्ष भएको १७ औं एसियाडमा नेपालका लागि विमलाले मात्र पदक जितेकी थिइन् । उनले एकल कातामा कास्य पदक जितेकी थिइन् । नेपालले २५ खेलमा २ सय ४ खेलाडी एसियाडमा उतारेको थियो । करातेका दुई महासंघ अस्तित्वमा रहेका कारण त्यति बेला खेलाडी छनोटमा चर्को विवाद भएको थियो । विवादका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटि (एनओसी) अलग अलग खेलाडी छनोट गरेर पठाएको थियो । करातेको एकल कातामा राखेपले चन्चला दनुवार र एनओसीले विमलालाई पठाएको थियो । एनओसीको सिफारिसमा परेका कारण विमलाले प्रतिस्पर्धा गर्ने मौका पाइन् भने चन्चला दर्शकमा सिमित भएर स्वदेश फर्केकी थिइन् । प्रतिस्पर्धामा जानुअघि सम्म मानसिक दबाब झेल्नका वावजुद विमला पदक जित्न सफल भएकी थिइन् । उनको सफलताले नेपाल १७ औं एसियाडमा पदक विहिन हुनबाट जोगिएको थियो । अन्य ८ खेलाडीले अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा प्राप्त गरेको सफलताका आधारमा पुरस्कृत गरिएको हो ।
सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र कानुनमन्त्री नरहरी आचार्यको पनि उपस्थिति थियो ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]