default_image

3 years ago

October 15, 2022

नवौं राष्ट्रिय खेलकुदको करातेमा १० टोलीले मात्र खेल्दै

214 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा १० टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पर्वतको कुस्मामा शनिबार सुरु भएको करातेमा गैर आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडीले आयोजनास्थल नपुगेपछि १० टोलीका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् ।

फाइल तस्बिर

अब ७ प्रदेश, ३ विभाग त्रिभुवन आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी गरि १० टोलीका खेलाडीबीच प्रतिस्पर्धा हुने बताएको छ । एनआरएनबाट ९ खेलाडीले प्रतिस्पर्धा गर्ने गरि नाम दर्ता भएको थियो । एनआरएनबाट खेलाडीमा सन्देश लामा, कृतन महर्जन, आशिष खत्री, जमिन महर्जन, निरज राई, शेखर श्रेष्ठ, योन्जन महर्जन, प्रशन्न पोखरेल र मिना खातीको नाम दर्ता भएको थियो ।
करातेमा एकल काता, टिम काता र तौल समूह गरि १९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यसैबीच, एनआरएनए फुटबल टोलीबाट पहिलो खेल खेलेका ८ खेलाडीले बाँकी खेल खेल्न नपाउने निर्णय नवौंको प्राविधिक समितिले निर्णय गरेको थियो । बिहीबार भएको उद्घाटन खेलमा २–० पराजित भएपछि प्रदेश १ ले राष्ट्रिय खेलाडीसहित ८ खेलाडीले विरुद्ध प्रोटेष्ट (उजुरी) दर्ता गराएको थियो । अब टोलीमा बाकी रहेका १२ खेलाडीबाट प्रतियोगितामा भाग लिन सक्ने प्राविधिक समितिका सचिव प्रचण्ड शर्माले बताएका छन् ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.