3 years ago
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आफ्ना पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघलाई पूर्नगठन गरेको छ ।

पहिलो पुस्ताका कराते खेलाडी समेत रहेका लामाको नेतृत्वमा पूर्नगठित महासंघलाई ९० दिन (२०८० वैशाख १२ गते) भित्र विधान मस्यौदा तयार ग।िर राखेपको स्वीकृतीमा साधारण सभा तथा निर्वाचन गर्ने जिम्मेवारी सम्पेको छ ।
राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) मा अलग अलग दर्ता रहेका नेपाल कराते महासंघलाई पदाधिकारीहरु सम्मलित महासंघ यसअघि पूनर्थन भएपनि त्यसले काम गर्न सकेको छैन । यो पूर्न गठन त्यसको निरन्तरताका रुपमा रहेका छ ।
यसअघि सह अध्यक्ष रहेका दावा गुरुङ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, महासचिव हरिशरण केसी, सह महासचिव ओमकृष्ण प्रसाई, सचिवद्वय श्याम शेर्पा र बिआर मित्र तथा कोषाध्यक्ष सानुलाल श्रेष्ठलाईलाई पूनगर्ठित महासंघमा सोही जिम्मेवारी दिएको छ ।

सदस्यहरुमा राजेन्द्र बराल, देवकुमार लामा , महेन्द्र सिंह, ध्रुब विक्रम मल्ल, निवास गोपाल वैद्य, नारायणबहादुर मगर, धोजुमान मोक्तान, रवि महर्जन, ताराबहादुर ओली, दुर्गा गौतम परियार, यादव काफ्ले, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन् ।
लामाले अर्को साता भित्र विधान मस्यौदा तयार पार्ने जनाउँदै भने, ‘१०/१५ दिनमा एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्नेछौं । त्यसपछि विधान पास गरेर निर्वाचनको तयारमा लाग्ने छौं । हामी निर्धारित समय सिमा अघि नै निर्वाचन गर्ने गर्ने प्रयास गर्नेछौं ।’
राखेप सदस्य सचिव टंकलाल घिसिङसहित करातेका अधिकांश स्टेक होल्डरले नेतृत्व लिएर यसलाई विधान सम्म अघि बढाउनका लागि भूमिका खेलिदिन आग्रह गरेकाले पूर्नगठित महासंघको नेतृत्व लिन तयार भएको जनाउँदै लामाले भने,‘ कराते मेरो घर हो । यसलाई आफ्नो गतिमा अघि बढाउनका लागि हामीले आ आफ्नो ठाँउबाट दायित्व पूरा गर्नुपर्नेछ ।’

November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]