2 years ago
February 9, 2023
ललितपुर (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला टिम कातामा स्वर्ण पदक जितेको छ ।
ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले स्वर्ण पदक जितेको हो । फाइनलमा पुलिसले २४.१६ अंक र आर्मीे २३.१६ अंक जोडेको थियो । एकलतर्फ स्वर्ण पदक जितेकी चन्चला दनुवारसहितको टोलीले टिम इभेन्टमा पहिलो स्थान प्राप्त गरेको थियो ।
एपिएएफ र बागामती प्रदेशले टिम कातामा कास्य पदक जितेका छन् । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एपिएफ (२२.१४ अंक) ले गण्डकी (२०.८० अंक) प्रदेशलाई तथा बागमती (२३.२० अंक) ले लुम्बिनी प्रदेश (२१.२२ अंक) लाई हराएको थियो ।
आजै भएको पुरुष एकल र टिम इभेन्टमा एपिएफले स्वर्ण पदक जितेको थियो । एकलमा सोनिम मानन्धर र टिम इभेन्टमा सोनिमसहितको टोलीले पहिलो स्थान प्राप्त गरेको हो ।
गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चलने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन महिला र पुरुष एकल र टिम काता सम्पन्न भइसकेका छन् । आज कुमुतेका दुई प्रतिस्पर्धा हुनेछन् ।
पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पदक
महिला एकल काता
स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)
रजत – एलिशा रासकोटी मगर (कर्णाली)
कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)
महिला टिम काता
स्वर्ण – पुलिस
रजत – त्रिभुवन आर्मी क्लब
कास्य – एपिएफ र बागमती
पुरुष एकल काता
स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )
रजत – महसुस मोक्तान (पुलिस)
कास्य – रेहान जाभेद (मधेश), विनय लिम्बु ( आर्मी )
पुरुष टिम काता
स्वर्ण – एपिएफ
रजत – पुलिस
कास्य – आर्मी र प्रदेश १
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्यासित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।