default_image

3 years ago

February 10, 2023

सागका स्वर्ण पदक विजेता विप्लव विजयी

582 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठ दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ८४ केजी माथिको तौल समूहमा विजयी भएका छन् ।


पहिलो संस्करणका समेत स्वर्ण पदक विजेता विप्लव नवौं राष्ट्रिय खेलकुदमा पनि आफ्नो तौल समूहको च्याम्पियन हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको तेस्रो इभेन्टको फाइनलमा एपिएफ क्लबका तेन्जिङ शेर्पालाई ८–५ ले हराउँदै नेपाल पुलिस क्लबका विप्लवले स्वर्ण पदक जितेका थिए ।

त्यसअघि विप्लवले त्रिभुवन आर्मी क्लबका विपिनराज सिंह दर्जीलाई ६–० र तेन्जिङले लुम्बिनी प्रदेशका नारायण गुरुङलाई हराउँदै फाइनल भेट पक्का गरेका थिए । विपिनराज र नारायणले कास्य पदक जिते । प्रतियोगितामा पुलिसको त्यो छैटौं स्वर्ण पदक हो । सो इभेन्टमा ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अहिले सम्म सम्पन्न ८ इभेन्ट्स मध्ये ६ वटामा पुलिस र एपिएफले २ वटा स्वर्ण पदक जितेको छ ।

पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषा रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे । यसअघि दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका सिमोन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ । प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.