default_image

10 months ago

February 10, 2023

मिस्लीले जितिन् आर्मीको लागि पहिलो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका लागि मिस्ली श्रेष्ठले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाएकी छिन् । मिस्लीले महिला कुमुते ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको चौथो इभेन्टको फाइनलमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ललाई ८–५ ले हराउँदै पहिलो […]

61 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका लागि मिस्ली श्रेष्ठले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक दिलाएकी छिन् । मिस्लीले महिला कुमुते ५० केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन् ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको चौथो इभेन्टको फाइनलमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ललाई ८–५ ले हराउँदै पहिलो स्थान प्राप्त गरेकी हुन् । त्यसअघि सेमिफाइनलमा मिस्लीले नेपाल पुलिस क्लबकी सविना श्रेष्ठलाई १–१ को बराबरीपछि सेन्सुको आधारमा र गरिमाले बागमती प्रदेशकी सोनु श्रेष्ठलाई ८–७ अंकले पराजित गर्दै फाइनल भेट पक्का गरेका थिए । सविना र सोनुले कासय पदक प्राप्त गरेका छन् । सो इभेन्ट्समा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आज यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए । त्यस्तै पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषो रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे ।

त्यसअघि दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका सिमोन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा ९ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक ६, एपिएफले २ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ ।

गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ । प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह

स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)

रजत – गरिमा मल्ल (सुदूरपश्चिम)

कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

December 3, 2023

दक्षिण एसियाली कराते – २९ स्वर्णसहित नेपाललाई च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पिनसिपमा टिम च्याम्पियन बनेको छ। आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले २६ रजत र ६ कास्य पदक पनि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्य पदकसाथ […]

December 2, 2023

दक्षिण एसियाली कराते – पहिलो दिन नेपाललाई १२ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप (एसएकेएफ) को पहिलो दिन शनिबार नेपालले १२ स्वर्ण पदक जितेको छ । भारतले भने १५ स्वर्ण पदक कब्जा जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १ स्वर्ण पदक जितेको छ । दक्षिण एसियाली कराते महासंघको आयोजना रनेपाल कराते महासंघको […]

December 1, 2023

साफ च्याम्पियसिप कराते– ६ देशका २ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबार सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिप (क्याडेट, जुनियर, यू २१ र सिनियर) को सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार र आइतबार दुई दिन हुने प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ […]

Success

Thank you for your time.