default_image

10 months ago

February 10, 2023

मीनले दिलाए एपिएफलाई तेस्रो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्वर्ण पदक जितेको छ । ६० केजी तौल समूहमा च्याम्पियन बन्दै मीनबहादुर तामाङले एपिएफका लागि तेस्रो स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको पहिलो दिन एपिएफले पुरुष एकल र टिम काताम स्वर्ण पदक जितेको थियो । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी […]

83 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्वर्ण पदक जितेको छ । ६० केजी तौल समूहमा च्याम्पियन बन्दै मीनबहादुर तामाङले एपिएफका लागि तेस्रो स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको पहिलो दिन एपिएफले पुरुष एकल र टिम काताम स्वर्ण पदक जितेको थियो ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबारको अन्तिम इभेन्टको फाइनलमा त्रिभुवन आर्मी क्लबका किर्तन महर्जनलाई ४–० ले हराउँदै मीनले स्वर्ण पदक जितेका थिए । त्यसअघि मीनले लुम्बिनी प्रदेशका यामबहादुर समाललाई ३–२ र किर्तनले गण्डकी प्रदेशका सक्षम लामा ३–२ ले हराउँदै फाइनल भेट पक्का गरेका थिए । याम र सक्षमले कास्य पदक जितेको इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि शुक्रबार नै नेपाल पुलिस क्लबकी सोनी राई महिला कुमुते ६१ केजी तौल समूहमा स्वर्ण, एपिएफका रमिता माझीले रजत तथा आर्मीकी सानुमाया थिङ र मधेश प्रदेशकी खुस्बु खड्काले कास्य पदक प्राप्त गरिन् । यसअघि पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यसमा एपिएफका सुविन खत्रीले रजत तथा गण्डकी अंकित गुरुङ र राम बिसीले कास्य पदक जितेका थिए ।

त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जितेकी थिइन् । त्यसमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गरिन् । आज यसअघि पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गरेका थिए ।

त्यसअघि पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । त्यसमा आर्मीका विभुषो रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गरे । त्यस्तै दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जितेका थिए । त्यसमा बागमतीका सिमोन श्रेष्ठले रजत तथा प्रदेश १ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गरे ।

प्रतियोगितामा १७ मध्ये १२ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक ८, एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पदक जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ ।

प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह

स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)

रजत – गरिमा मल्ल (सुदूरपश्चिम)

कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

६१ केजी तौल समूह

स्वर्ण – सोनी राई (पुलिस)

रजत – रमिता माझी (एपिएफ)

कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

५५ केजी तौल समूह

स्वर्ण – सोनम लामा (पुलिस)

रजत – सुविन खत्री (एपिएफ)

कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)

६० केजी तौल समूह

स्वर्ण – मीनबहाुर तामाङ (एपिएफ)
रजत – किर्तन महर्जन (आर्मी)
कास्य – यामबहादुर समाल (लुम्बिनी) र सक्षम लामा (गण्डकी)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

December 3, 2023

दक्षिण एसियाली कराते – २९ स्वर्णसहित नेपाललाई च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्पिनसिपमा टिम च्याम्पियन बनेको छ। आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपाल २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो । नेपालले २६ रजत र ६ कास्य पदक पनि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्य पदकसाथ […]

December 2, 2023

दक्षिण एसियाली कराते – पहिलो दिन नेपाललाई १२ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)- सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप (एसएकेएफ) को पहिलो दिन शनिबार नेपालले १२ स्वर्ण पदक जितेको छ । भारतले भने १५ स्वर्ण पदक कब्जा जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १ स्वर्ण पदक जितेको छ । दक्षिण एसियाली कराते महासंघको आयोजना रनेपाल कराते महासंघको […]

December 1, 2023

साफ च्याम्पियसिप कराते– ६ देशका २ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबार सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिप (क्याडेट, जुनियर, यू २१ र सिनियर) को सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार र आइतबार दुई दिन हुने प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ […]

Success

Thank you for your time.