default_image

3 years ago

February 11, 2023

सागका स्वर्ण पदक विजेता नविन विजयी, पुलिसलाई दसौं स्वर्ण

477 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइलीले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय करोत प्रतियोगिताको ६७ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा यो पुलिसको १० औं स्वर्ण पदक हो ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा शनिबार भएको दोस्रो फाइनलमा त्रिभुवन आर्मी क्लबका सन्नी चौलागाई ९ –१ ले हराउँदै नविनले स्वर्ण पदक जितेका हुन् । त्यसअघि सेमिफाइनलमा नविनले बागमतीका निमा शेर्पालाई ९–३ ले र सन्नीले एपिएफका प्रतिक घर्तीमगरलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । निमा र प्रतिकले कास्य प्राप्त गरेको इभेन्टमा १० खेलाडीको सहभागिता थियो ।

प्रतियोगितामा १७ मध्ये १४ वटा स्वर्ण पदकको छिनोफानो भइसकेको छ । जसमध्ये पुलिसले सर्वाधिक १०, एपिएफले ३ र आर्मीले एउटा स्वर्ण पद जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता आज सम्पन्न हुनेछ ।

हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक

महिला एकल काता

स्वर्ण – चन्चला दनुवार (नेपाल पुलिस क्लब)

रजत – एलिशा रासकोटी मगर (कर्णाली)

कास्य – मिरा खाती (बागमती), रोश्मा राई (प्रदेश १)

महिला टिम काता

स्वर्ण – पुलिस

रजत – त्रिभुवन आर्मी क्लब

कास्य – एपिएफ र बागमती

पुरुष एकल काता

स्वर्ण – सोनिम मानन्धर (एपिएफ क्लब )

रजत – महसुस मोक्तान (पुलिस)

कास्य – रेहान जाभेद (बागमती), विनय लिम्बु ( त्रिभुवन आर्मी क्लब)

पुरुष टिम काता

स्वर्ण – एपिएफ

रजत – पुलिस

कास्य – आर्मी र प्रदेश १

कुमुते महिला

४५ केजी तौल समूह

स्वर्ण – पुष्पका लामा (पुलिस)

रजत – ममता महर्जन (आर्मी)

कास्य – दीपा लामा (एपिएफ), प्रतिमा राई (प्रदेश १)

५० केजी तौल समूह

स्वर्ण – मिस्ली श्रेष्ठ (आर्मी)

रजत – गरिमा मल्ल (सुदूरपश्चिम)

कास्य – सविना श्रेष्ठ (पुलिस) र सोनु श्रेष्ठ (बागमती)

६१ केजी तौल समूह

स्वर्ण – सोनी राई (पुलिस)

रजत – रमिता माझी (एपिएफ)

कास्य – खुस्बु खड्का (मधेश) र सानुमाया थिङ (आर्मी)

६८ केजी मुनीको तौल समूह

स्वर्ण – सुनिता महर्जन (पुलिस)

रजत –विनिता श्रेष्ठ (बागमती)

कास्य – डाएना ओझा (एपिएफ) र मोनिका मगर (मधेश)

६८ केजी माथिको तौल समूह

स्वर्ण – एरिका गुरुङ (पुलिस)

रजत – विभुषा थापा (आर्मी)

कास्य – महिमा राई (बागमती) र रोजिता ढुंगेल (एपिएफ)

कुमुते पुरुष

५० केजी तौल समूह

स्वर्ण – साजन मोक्तान (पुलिस)

रजत – सिमोन श्रेष्ठ (बागमती)

कास्य – विशाल राई (प्रदेश १) र विजय रिमाल (आर्मी)

५५ केजी तौल समूह

स्वर्ण – सोनम लामा (पुलिस)

रजत – सुविन खत्री (एपिएफ)

कास्य – राम बिसी (सुदूरपश्चिम) र अंकित गुरुङ (गण्डकी)

६० केजी तौल समूह

स्वर्ण – मीनबहाुर तामाङ (एपिएफ)

रजत – किर्तन महर्जन (आर्मी)

कास्य – यामबहादुर समाल (लुम्बिनी) र सक्षम लामा (गण्डकी)

६७ केजी तौल समूह

स्वर्ण – नविन रसाइली (पुलिस)

रजत – सन्नी चौलागाई (आर्मी)

कास्य – निमा शेर्पा (बागमती) र प्रतिक घर्तीमगर (एपिएफ)

८४ केजी माथिको तौल समूह

स्वर्ण – विप्लवलाल श्रेष्ठ (पुलिस)

रजत – तेन्जिङ शेर्पा (एपिएफ)

कास्य – नारायण गुरङ (लुम्बिनी) र विपिनराज सिंह दर्जी (आर्मी)

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.