3 years ago
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) का लागि करातेको प्रारम्भिक छनोट सुरु भएको छ । लतिलपुर सातदोबाटोस्थित कराते एकेडेमी हलमा दुई दिने छनोट प्रतियोगिता शनिबार सुरु भएको हो ।

महिला र पुरुषको समान ६ गरि १२ तौल समूहमा छनोट हुने कराते प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए । पहिलो दिन महिला र पुरुष काता तथा कुमुते ६० केजी तौल समूहमा छनोट भएको छ । एकल कातामा महिलामा नेपाल पुलिस क्लबकी चन्चला दनुवार विजयी भइन् । उनीसँगै दोस्रो भएकी कर्णाली प्रदेशकी एसिला रस्ताकोटी मगर तथा तेस्रो भएका पुलिसकी सरु कार्की र त्रिभुवन आर्मी क्लबकी रिना श्रेष्ठ करातेको प्रारम्भिक छनोटमा परेका छन् ।

त्यस्तै पुरुष एकलमा एपिएफका स्वर्णिम मानन्धर विजयी भएका छन् । दोस्रो भएका आर्मीका प्रविण मानन्धर, तेस्रो भएका पुलिसका महसुस मोक्तान र बागमतीका रेहान जावेद पहिलो चरणको छनोटमा पर्न सफल भए । पुरुष कुमुते ६० केजीमा पुलिसका सोनम लामा विजयी भए । त्यसमा आर्मीका विजय रिमाल दोस्रो तथा एपिएफका सुविन खत्री र बागमतीका रिकेश भण्डारी संयुक्त रुपमा तेस्रो हुन्दै छनोटमा परे ।
आइतबार सम्म चल्ने छनोटमा हरेक तौल समूहबाट ४ खेलाडी प्रारम्भिक छनोटमा पर्नेछन् । कात्तिकमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सहभागी तथा अन्य राष्ट्रिय प्रतियोगिताका पदक विजेता गरि १ सय २५ खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

चरण चरणको छनोटपछि एसियाली खेलकुदको केहि अघि अन्तिम छनोट गरिने प्रशिक्षक श्रेष्ठले बताए । १९ औं एसियाड चीनको हान्जाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुनेछ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]