default_image

3 years ago

June 9, 2023

कराते महासंघको दोहोरो अस्तित्व ब्युत्याउने खेल – एसियाडका लागि अलग छनोट

516 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाल कराते महासंघको दोहोरो अस्तित्वलाई पूनः ब्युत्याउने खेल सुरु भएको छ । झण्डै अढाई महिना अघि चितवनको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामासहित २० सदस्यीय कार्यसमितिको चयन गरेको थियो । त्यसका वावजुद अर्को समूह पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको महासंघलाई पून क्रियासिल गराउने प्रयासमा लागेको छ ।

युवराज लामा नेतृत्वको महासंघले गरेको एसियाड छनोटमा सफल भएका खेलाडी ।

त्यसअघि लामा नेतृत्वमा राखेपले तदर्थ समिति गठन गरेको थियो । तदर्थ समितिमा रहेका पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको महासंघलाई ब्युताउने प्रयास स्वरुप असोजमा चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि अलग अलग छनोट भएका छन् ।

तदर्थ समितिमै रहेरपनि साधारण सभामा भाग नलिएका कराते प्रशिक्षक ध्रुबविक्रम मल्लले एसियाडमा जाने खेलाडी छनोट गरेको बताएका छन् । लाखे र मल्ल दुवै राखेपले गठन गरेको तदर्थ समितिमा रहेर पनि चैतमा भएको साधारण सभामा भाग लिन गएनन् । मल्लले महासंघको निर्वाचन रोक्न राखेप सदस्य सचिव टंकलाल घिसिङ र कराते महासंघविरुद्ध दिएको रिट भने उच्च अदालत पाटनले बुधबार खारेज गरेको छ ।

लामा नेतृत्वको महासंघले एसियाडका लागि जेठको १६ र १७ गते सातदोबाटोस्थित कराते एकेडेमीको हलमा छनोट प्रतियोगिता गराएको थियो । एकल कातामा एलिसा रासकोटी मगर, स्वनिम मानन्धर तथा सविना श्रेष्ठ (६१ केजी) मुनी, एरिका गुरुङ (६८ केजी माथि), सन्तोष श्रेष्ठ (६०–६७ केजी), मोहम्मद शेख आलम (७५ केजी माथि) र विप्लवलाल श्रेष्ठ (८४ केजी माथि) रहेका छनोट भएका थिए ।

राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) मा समेत अस्तित्वमा नरहेको महासंघका अध्यक्ष लाखेको हस्ताक्षर गरि एनओसीमा एसियाडका लागि खेलाडी छनोट गरेको पत्र बुझाएका छन् । जेठ २० गते बालाजु डोजोमा गरिएको भनिएको छनोटबाट महिलातर्फ गरिमा कुमारी मल्ल (५५ केजी मुनी), मेलिना मगर (६१ केजी मुनी), डायना ओझा (६८ केजी मुनी), अनुपमा मगर (६८ केजी माथि) तथा पुरुषतर्फ मिनबहादुर तामाङ (६० केजी मुनी), निशान मल्ल (६७ केजी मुनी), प्रतिक घर्तीमगर (७५ केजी मुनी) र मोहम्मद शेखु आलम (८४ केजी मुनी) छानिएको जनाएको छ ।

लाखेको नेतृत्वमा रहेको महासंघलाई नै विश्व कराते महासंघ (डब्लूकेएफ) को मान्यता रहेको र एसियाडको आयोजकले त्यसैलाई मान्यता दिने भएकोले आफूहरुले छानिएका खेलाडीले १९ औं एसियाडमा भाग लिने मल्लले दाबी गरेका छन् ।

तर, एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले एनओसीको प्रतिनिधिको उपस्थितिमा भएको निर्वाचनबाट निर्वाचित युवराज लामासहितको कार्यसमितिलाई नै एनओसीले मान्यता दिने प्रष्ट पारेका छन् । ‘हामीले युवराज लामा नेतृत्वको कार्यसमितिलाई बधाई दिइसकेका छौ । त्यहि अनुसारको पत्राचार डब्लूकेएफमा पनि पठाइसकेका छौं,’ श्रेष्ठले भने,‘ उताबाट पनि निर्वाचनको विषयमा बुझ्नका लागि पत्रचार भएको थियो । हामीले त्यसको जवाफ पठाइसकेका छौं । मलाई लाग्छ यो प्रक्रिया पनि चाँडै टुंगिनेछ ।’

पुरेन्द्रविक्रम लाखे नेतृत्वको महासंघले गरेको एसियाड छनोटमा सफल भएका खेलाडी ।

लाखे नेतृत्वको महासंघको पत्र बुझ्नु भएको हो भन्ने प्रश्नमा श्रेष्ठले भने, ध्रुब जीले भुट्न आउँछु भन्नु भयो । आएपछि उहाँले खेलाडी छनोटको पत्र बुझाउनु भयो । मैले उहाँलाई त्यसमा एनओसीले केहि गर्न नसक्ने प्रष्ट भनेको छु ।’ एनओसीले युवराज लामा नेतृत्वले गरेको छनोट भएकै खेलाडीलाई एसियाडमा पठाइने पनि महासचिव श्रेष्ठले प्रष्ट गरेका छन् ।

मल्लले मलेसियामा साउन ५ र ६ गते हुने एसियन च्याम्पियनसिप डब्लूकेएफ वरियता प्रतियोगितामा आफूले छनोट गरेको खेलाडीले भाग लिने बताएका छन् ।

मोहम्मद शेखु दुवै तिर छनोट

लामा नेतृत्व महासंघले गराएको दुई चरणको छनोटमा भाग लिएका मोहम्मद शेखु आलमले लाखे नेतृत्वको छनोटमा परेको सार्वजनिक भएको थियो । ७५ केजीमा कुमेतमा प्रतिस्पर्धा गरेर छनोट भएका शेखुले यता भने छनोट खेल्न नपरेको बताएका छन् । उनले आफू बालाजुमा प्रशिक्षण गर्न जाने गरेको र २० गते पनि प्रशिक्षणमा जाँदा छनोट छ भन्ने त्यहि पुगेर जानकारी पाएको बताए । ‘छनोट सकिएपछि मलाई पनि फोटो खिच्नलाई भनियो, उनले भने,‘गुरुले भनेपछि नमान्ने कुरै भएन । तर, पछि त यस्तो रहिछ । अनि मैले निवेदन दिएको हु । लामाले नेतृत्व गर्नुभएको कराते महासंघकै प्रशिक्षणमा प्रशिक्षण गर्छु । ’

इन्चोन एसियाडमा करातेका दुई टोली

९ वर्षअघि इन्चोन एसियाडमा करातेका दुई वटा टोलीले भाग लिएको थियो । ध्रुबविक्रम मल्लले नै प्रशिक्षण गराएका विमला तामाङले काता र अनुपमा मगरले कुमुतेमा प्रतिस्पर्धा गरेका थिए । तत्कालिन समयमा राष्ट्रिय मान्यता प्राप्त महासंघले सिफारिस गरेका खेलाडीमा चन्चला दनुवार र गंगा अधिकारी भने आयोजनास्थलमा पुगेर पनि खेल्न पाएका थिएनन् । अन्य खेलाडीले भने प्रतिस्पर्धा गर्न पाएका थिए ।

तर, अहिले र त्यति बेलाको अवस्था भने फरक छ । लाखे त्यति बेला एनओसीमा थिए भने उनकै पहलमा विमला र अनुपमा एसियाडमा गएका थिए । अहिले लाखे एनओसीमा छैनन् । त्यति बेला राखेप र एनओसीको करातेमा अलग टोली थियो । यसपटक भने राखेप र एनओसीको एउटै कराते टोली छ ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.