2 years ago
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबार सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिप (क्याडेट, जुनियर, यू २१ र सिनियर) को सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार र आइतबार दुई दिन हुने प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरि २ सय ३७ खेलाडीले प्रतिस्पर्धा गर्ने महासंघका सदस्य तथा च्याम्पियनसिपका प्रचार प्रसार संयोजक रवि महर्जनद्वारा शुक्रबार जारी विज्ञप्तीमा जनाइएको छ ।
नेपाल कराते महासंघको व्यवस्थापन रहेको च्याम्पियनसिप दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्वकृती र विश्व कराते महासंघको मान्यता प्राप्त च्याम्पियनसिप रहेको बताइएको छ ।
च्याम्पियनसिपमा भारतबाट सबैभन्दा बढी ६४ खेलाडी, नेपालबाट ६२, श्रीलंकाबाट ४३, बंगलादेश र पाकिस्तानबाट समान ३३ र भुटानबाट २ खेलाडीले भाग लिदैछन् । एसियाली खेलकुदमा करातेबाट नेपाललाई कास्य पदक दिलाउने एरिकासहित छनोट चरण पार गरेरका अन्य खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
६२ स्वर्ण पदकका लागि हुने प्रतिस्पर्धामा सिनियर कुमुतेमा महिलातर्फ ४५ केजी मुनी, ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी र ६८ केजीमाथिमा तथा पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६० केजी मुनी, ६७ केजी मुनी, ७५ केजी मुनी, ८४ केजी मुनी र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ । त्यस्तै टिम कुमुते महिला र पुरुषको प्रतिस्पर्धा पनि समावेश गरिएको छ । सिनियरको महिला र पुरुष एकल काता तथा टिम काताको पनि समावेश गरिने बताइएको छ ।

१४/१५ वर्ष महिला र पुरुषमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४८ केजी मुनी, ५३ केजी मुनी, ५९ केजी मुनी र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी, ७६ केजी मुनी र ७६ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै १६/१७ वर्ष उमेर समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४८ केजी मुनी, ५३ केजी मुनी, ५९ केजी मुनी र ५९ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ७६ केजी मुनी र ७६ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यू २१ (१८देखि २० वर्ष) समूहमा एकल काताका साथै कुमुतेमा महिलातर्फ ४० केजी मुनी, ४५ केजी मुनी, ५० केजी मुनी, ५५ केजी मुनी, ६१ केजी मुनी, ६८ केजी मुनी र ६८ केजी माथि पुरुषतर्फ ५० केजी मुनी, ५५ केजी मुनी, ६० केजी मुनी, ६७ केजी मुनी, ७५ केजी मुनी, ८४ केजी मुनी र ८४ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । १४ देखि १७ वर्ष उमेर समूहको महिला र पुरुषको टिम काता पनि हुनेछ ।
कराते महासंघको एकिकरणपछि नयाँ नेतृत्व आएयता नेपालमा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगिताको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]