default_image

3 weeks ago

February 1, 2024

कृष्णप्रसाद स्मृति करातेमा‌ पुलिसलाई‌ तेस्रो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्वर्ण पदक जितेकी छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा‌ पुलिसले पुरुष टिम कातामा‌ स्वर्ण पदक जितेको हो । यसअघि एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो। एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन […]

587 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्वर्ण पदक जितेकी छन्।

सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा‌ पुलिसले पुरुष टिम कातामा‌ स्वर्ण पदक जितेको हो । यसअघि एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो।

एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन तामाङ र जगत सिंह धानुकको‌ पुलिस टोलीले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको हो । पुलिसले ३८.९ स्कोर गर्दा रजत पदक विजेता आर्मीले ३७.७ स्कोर गरेको थियो। एपिएफ र बागमती प्रदेशले कास्य पदक प्राप्त गरे।

पुलिसकी एलिसा रास्कोटीले महिला एकल कातामा स्वर्ण पदक जितेकी हुन्। १९ औं एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका‌ लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् ।
एलिसाले फाइनलमा ३८.८ स्कोर गर्दै पहिलो स्थान प्राप्त गरिन् । ३८.१ स्कोर गरेकी एपिएफकी मिरा खत्रीले रजत पदक जितिन् । बागमती प्रदेशकी सन्जु देशार र त्रिभुवन आर्मी क्लबकी सानुमाया थिङले कास्य पदक जिते ।

त्यसअघि पुरुष एकलको‌ फाइनलमा  स्वर्णिमले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरेका थिए। ३८.७ स्कोर गरेका  आर्मीका विनय लिम्बुले रजत पदक प्राप्त गरे ।
बागमती प्रदेशका अन्जन यसमाली मगर (३७.६) र एपिएफका खगेन्द्र चाम्लिङ राई (३७.४) ले कास्य पदक प्राप्त गरे ।

जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई 
गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा गरेको छ ।

प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, एकल काता र टिम कातामा तथा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ के.जी. माथी, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ । ७ वटै प्रदेशका  र ३ विभागीय टोलीका गरि २ सय ४० ले भाग लिएका छन्।

प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफी सहित रु. १ लाख र दोस्रो हुने टोलीले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफी सहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ छ। बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनको परिकल्पनामा आयोजित प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।

February 23, 2024

पुनमलाई च्याम्पियन्स मार्सल आर्टसको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– च्याम्पियन्स मार्सल आर्टसले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पुनम श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । उपचार गराइरहेकी पुनमलाई च्याम्पियन्स आर्टसकातर्फबाट निर्देशक सुशिला लामाले ५० हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् । मार्सल आर्ट खेलको विकासका लागि सागका स्वर्ण पदक विजेता सुनिल लामासहित तेक्वान्दो खेलाडी पुष्प थापामगर, जुडो खेलाडी […]

February 19, 2024

एसियाली पदक विजेता एरिका सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले १९ औं एसियाली खेलकुद (एसियाड) को करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ । मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा […]

February 10, 2024

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […]

Success

Thank you for your time.