default_image

1 year ago

July 13, 2024

च्याम्पियन मार्सल आर्टस अनिल‌ सम्मानित

881 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन मार्सल आर्टसले आठौं क्याडेट, जुनियर, यु २१ तथा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा छनोट भएका आफ्ना खेलाडी अनिल बरमलाई नगदसहित सम्मान गरेको छ।

च्याम्पियनसिप भुटानको राजधानी थिम्पुमा जुलाई १३ देखि २० सम्म सन्चालन हुँदैछ ।अनिल यु २१ को ६७ केजी मुनीको तौल समूहका‌ लागि छनोट भएका हुन् ।

च्याम्पियन मार्सल आर्टसका सन्चालक सुनिल लामाले उपलब्ध गराएको ३५ हजार रुपैयाँ बराबरको कराते गि सहित अनिललाई सम्मान‌ गरिएको बताइएको छ ।

च्याम्पियन मार्सल आर्टसकी निर्देशक सुशिला लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नार्गाजुन नगरपालिका वडा नं १ का अध्यक्ष रामेश्वर लामाले उनलाई‌ सम्मान‌ गरेका थिए।

सोही अवसरमा मार्सल आर्टसमा प्रशिक्षण गरिरहेका विभिन्न बेल्ट समूहका ८० खेलाडीको‌ बेल्ट टेस्ट गरिएको थियो।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.