default_image

1 year ago

August 10, 2024

साफ करातेका स्वर्ण पदक विजेता मिन सम्मानित

873 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सुस्मिता फाउण्डेशन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली (साफ) कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई नगदसहित सम्मान गरेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शनिबार आयोजित कार्यक्रममा साफ कराते‌को‌ ६० केजीका‌ स्वर्ण पदक विजेता मिनलाई १ लाख १ रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरे।

सोही अवसरमा खेलाडी अनिल बराम , प्रशिक्षक हरु दीपक श्रेष्ठ , कुशल श्रेष्ठ , मन्देकाजी श्रेष्ठ , श्याम सुनुवार ,महेश महर्जन साथै फुटबल खेलाडी रिहान बुढालाई सम्मान गरियो ।

मुख्यमन्त्री लामाले खेल विकासमा सक्दो खालको कुनै पनि कार्यक्रम लाई आफुले सक्ने सहयोग गर्ने वचन दिए ।

सुस्मिता फाउण्डेशन का सिइओ सुस्मिता तामाङ र च्याम्पियन क्लब का एमडी सुशिला लामा ले यस प्रकार को खेलाडी तथा प्रशिक्षक सम्मान लाई निरन्तरता दिदै जाने बताइन्‌ ।

कार्यक्रममा तार्केश्वर नगरपालिका मेयर कृष्ण हरि महर्जन , नेपाल कराते महासंघ का महासचिव दावा गुरुङ लगायतको‌ उपस्थिति थियो।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.