default_image

1 year ago

September 19, 2024

बागमती सरकारद्वारा पलेशा र एरिकालाई नगदसहित सम्मान

971 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ।

हेटाैंडास्थित मुख्य मन्त्री कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा पलेशा, एरिका, उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो।

पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ, तेक्वान्दो र करातेको प्रदेश संघलाई समान १ लाख रुपैयाँ प्रदान गरिने मुख्य मन्त्री लामाले घोषणा गरे।

एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । एरिकाको‌ उनकी आमा रत्न गुरुङले सम्मान ग्रहण गरेकी थिइन्।

सोही अवसरमा एसियाडमा करातेका व्यवस्थापक निवास गोपाल वैध र पारा ओलिम्पिक्सका तेक्वान्दोका व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सम्मान गरेका थिए।

कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो। पलेशाले पेरिसबाट फर्केकै दिनको झल्को आएको बताइन् । नयाँ पुस्तालाई तमाम समस्याका बीचमा‌ पनि सफलता दिलाउन सम्भावना छ भन्ने उदाहरण आफूले प्रस्तुत गरेको र भविष्यमा सफलताका लागि सबैको सहयोग उपेक्षा राखेको बताइन् ।

मुख्य मन्त्री लामाले पलेशा र एरिकालाई बधाई दिदै भविष्यमा थप सफलताको शुभकामना दिए । खेलकुदले आफ्नोपनको भावना सृजना गर्नुका साथै देशलाई चिनाउन सक्ने भएका कारण बागमती प्रदेशले भविष्यमा खेलकुदलाई विकास गर्दै लाने योजना रहेको बताए।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्न नीतिगत रुपमा स्पष्ट गर्ने तयारी भइरहेको‌ जानकारी दिए।

यसै महिना भएको पेरिस पारालिम्पिक्समा पलेशाले पारा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन्। ओलम्पिक/ पारालिम्पिक्समा पदक जित्ने पलेशा पहिलो खेलाडी हुन्।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसिया
मा रजत पदक जितेकी थिइन्। एसियाडमा करातेलाई पदक दिलाउने एरिका पहिलो नेपाली खेलाडी हुन्।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.