default_image

10 months ago

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

593 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो

कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त गर्यो ।

ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीमा आज भएको ७५ केजी तौल समुहमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता पुलिसका राजीव पुडासैनीले स्वर्ण जिते। उनले सुदर पश्चिमका योगेश सिंह बिष्टलाई हराए। आर्मीका शिबु ओड र रुरेहाङ्ग डुमी राईले कास्य हात पारे।

पुरुष ६७ केजी मुनिको तौल समुहमा पुलिसका सन्तोष श्रेष्ठले एकपक्षीय फाइनलमा गण्डकी प्रदेशका सक्षम लामालाई ९-० को अन्तरमा हराउँदै स्वर्ण जिते। सुदूर पश्चिमका खड्ग थामी मगर र कोशी प्रदेशका मनिष विक तेस्रो भए।

५० केजीमा पुलिसका साजन मोक्तान पहिलो भए। उनले फाइनलमा बागमतीका लेख राज घिमिरेलाई प्रतिस्पर्धात्मक फाइनलमा ७-५ ले माथ दिए। यो स्पर्धामा गण्डकी प्रदेशका बोमिन गुरुङ र मधेश प्रदेशका सोहन मगरले तेस्रो स्थानमा चित बुझाए।

८४ केजी पुरुषतर्फ मोहम्मद शेखु अलामले एपिएफलाई पहिलो स्वर्ण दिलाए। उनले फाइनलमा कोशीका धन राईलाई सहजै ९-२ ले हराए। मोहम्मदले एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए। आर्मीका सुरेश जप्रेल र बागमती प्रदेशका सलमान मोहम्मदले कास्य पदक प्राप्त गरे।

महिला ५५ केजीमा पुलिसकी पुष्पका लामाले स्वर्ण जित्ने क्रममा कर्णाली प्रदेशकी प्रियंका शाहीलाई ५-० ले पराजित गरिन्। गण्डकीकी प्रभा राई र सुदुरपश्चिमकी गरीमा मल्ल तेस्रो भए।

४५ केजीमा पनि प्रहरीकी वर्षा बुढा मगर पहिलो भइन्। उनले लुम्बिनी प्रदेशकी पूजा राईलाई ११-३ ले हराइन्। गण्डकीकी सबुना राना मगर र आर्मीकी ममता महर्जन तेस्रो भए।

६१ केजीमा प्रहरीकी निरूपा दोङ तामाङले सहजै स्वर्ण जितिन्। उनले फाइनलमा सुदुर पश्चिमकी सोनिया तिरुवा लाई ९-१ ले पराजित गरिन्। यो स्पर्धामा एपिएफकी रमिता माझी र कोशी प्रदेशकी धन कुमारी मगरले तेस्रो स्थान हात पारे।

प्रतियोगिताको अन्तिम दिन भोलि ५ स्पर्धाम प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिताको स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउनेछन्।‌

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.