8 months ago
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रवार जितेको छ ।
२२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्दै च्याम्पियन बन्यो हो । पहिलो दिन ७ स्वर्ण जितेको पामले दोश्रो दिन ४ स्वर्ण थप्यो ।
नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) दोश्रो भयो ।
एमएमएसीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य पदक हात पार्यो । तेश्रो स्थानको भुटानले २ स्वर्ण, ३ रजत र २ कांस्य प्राप्त गर्यो । बाँके र एपीएफले समान २ तथा दाङ र रुसले समान १ स्वर्ण पदक जिते ।
पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित भए ।
खुशिबुँस्थित एमएमएसीको हलमा भएको प्रतियोगिताअन्तर्गत पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अस्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली, ५५ केजीमुनि दीपेश गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली र ५० केजीमुनि सुरज समलले पामलाई स्वर्ण पदक दिलाए ।
पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली, ५२ केजीमुनि विनिता नेपाली, ३२ केजीमुनि शशिकला थापा मगर र ४८ केजीमुनि रमा समलले स्वर्ण पदक जिते ।
एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनि, सदिन तामाङले पुरुष ४० केजीमुनि र सरस्था नापितले महिला ५७ केजीमुनि पहिलो स्थान हात पारे । भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथि तथा किन्जाङ डेकीले महिला ६३ केजीमाथि स्वर्ण पदक चुमे ।
बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनि तथा कविता बुढाथोकीले महिला ४१ केजीमुनि स्वर्ण प्राप्त गरे । एपीएफका विशेष विकले पुरुष ६६ केजीमुनि तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनि शीर्ष स्थान हात पारे ।
त्यस्तै पुरुष ७३ केजीमुनि दाङका पारस रोका मगर तथा ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले स्वर्ण हात पारे ।
विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आयोजकका अनुसार दुईदिने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २१ वर्षमुनिका २ सय ८ खेलाडी सहभागी थिए ।
पामले विगतका ६ संस्करणको पनि उपाधि पनि जितेको थियो ।
समापनका अवसरमा प्रतियोगितामा सहभागी नेपालका २० टिमलाई ५ थानका दरले गि प्रदान गरिएको थियो । करिब ४ लाख रुपैयाँ बराबरको गि प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]