default_image

8 months ago

April 25, 2025

दोस्रो दिन पनि पुलिसलाई ३ स्वर्ण

430 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन पनि नेपाल पुलिस क्लबले पहिलो दिन जितेको ३ स्वर्णमा थप ३ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित कराते एकेडेमी हलमा जारी प्रतियोगिताको दोस्रो दिन शुक्रबार पुरूष ६० केजीमा एपिएफका मिन बहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा नेपाल प्रहरीका लिजन साउदलाई ९-२ को सहज स्कोरमा माथ दिए ।

पुरूष ५५ केजीमा त्रिभुवन आर्मीका एलोन श्रेष्ठ पहिलो भए । उनले फाइनलमा आर्मीका राहुल चौधरीलाई ८-३ ले हराए ।

८४ केजीमा इश्वरधन राईले आर्मीका विकास खड्कालाई ९-४ ले हराउँदै स्वर्ण जिते । एपिएफका प्रतिक घर्ती मगर र गण्डकीका विशाल थापा मगर तेस्रो भए ।

पुरूषकै ६७ केजीमुनि तौल समुहको फाइनलमा एपिएफका प्रदीप बैजाली मगरले आर्मीका किरण पुनलाई ११-६ को स्कोरमा हराए ।

प्रतियोगिताको‌ महिला ६८ केजीमुनि आर्मीकी सानी तामाङले स्वर्ण जितिन् । फाइनलमा उनले लुम्बिनी प्रदेशकी गीता पुवारेलाई ५-३ ले हराइन् ।

४५ केजी तर्फको फाइनलमा नेपाल पुलिसकी वर्षा बुढा मगरले एपिएफकी दीपा लामालाई ५-१ को स्कोरमा हराइन् । ६१ केजीमा भने नेपाल पुलिसकी निरूपा दोङ तामाङले पहिलो स्थान प्राप्त गरिन् । उनले आर्मीकी रमिता माझीलाई १२-५ को सहज नतिजामा पराजित गरिन् ।

यल कराते सितोरियो डोको आयोजना र प्रदेश खेलकुद विकास परिषद, वागमती प्रदेशद्वार प्रायोजित तीन दिने प्रतियोगितामा पुरूषमा ८६ र महिलामा ७५ गरी कुल १ सय ६१ खेलाडीको सहभागीता रहनेछ। पुरूषतर्फ १० र महिलातर्फ ९ गरी १९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.