default_image

4 months ago

August 2, 2025

चारआलीमा इन्डो-नेपाल अन्तर विद्यालय कराते हुने

497 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

झापाको मेचीनगरमा आयोजना हुने हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो–नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको तयारीबारे जानकारी दिएको हो ।

एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी रहनेछन् । त्यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक एमडी कन्सल्टेन्सी रहेको लामाले बताए ।

प्रतियोगिताको विजेता विद्यालयले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै, दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउँदा तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ पाउनेछ ।

उत्कृष्ट प्रशिक्षकले १५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, व्यक्तिगत पदक पाउने खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

साउन २४ गते हुने च्याम्पियनसिपमा भारतका १५ विद्यालयसहित ५० वटा विद्यालयको सहभागिता टुंगो लागेको अध्यक्ष लामाले जानकारी दिए ।

लामाका अनुसार छात्रछात्रा दुई विधामा २० केजीदेखि ५५ केजी तौल समूहमा प्रतियोगिता हुनेछ । विद्यालयस्तरमै कराते खेललाई प्रोत्सहान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनका बीच वरिष्ठ कराते प्रशिक्षक कालु मेचेले प्रथम, दोस्रो र तेस्रो हुनेले पाउने ट्रफी अनावरण गरेका थिए । कार्यक्रममा स्वागत एकेडेमीका उपाध्यक्ष बद्री विष्टले गरेका थिए भने सञ्चालन सचिव विशाल घिसिङ तामाङले गरेका थिए ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.