default_image

4 months ago

August 6, 2025

सानुमाया कराते विश्व च्याम्पियनसिपमा छनोट

622 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् ।

विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो ।

आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका सानुमाया छनोट भइन् । विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।

नेपाली कराते टोलीका काता प्रशिक्षक मन्डेकाजी श्रेष्ठ छन् । उनी १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता हुन् ।

गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप खेल्ने पाउने भएकी छिन्।

विश्व कराते महासंघले पठाएको पत्रका अनुसार नेपाल कराते महासंघले शनिवारसम्ममा विश्व च्याम्पियनसिपका लागि सानुमायाको नाम दर्ता गराइसक्नुपर्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.