4 months ago
August 17, 2025
हिमाल खरेल, बिर्तामोड
प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिपको उपाधि धरान रंगशाला कराते एकेडेमीले जितेको छ । धरानले ७५ वटा विद्यालयलाई पछि पार्दै उपाधि उचालेको हो ।
च्याम्पियनसिपको विजेता धरानले नगद नगद १ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । धरान ३३ स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।
धरानकै अर्को टिम धरान कराते एकेडेमीले ३२ स्वर्ण जित्दै दोस्रो भयो । उसले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
तेस्रो स्थानमा सुनसरीकै दुलारी सितोरियो कराते एकेडेमी रह्यो । दुलारीले २७ स्वर्ण जितेर २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक धरान रंगशाला कराते एकेडेमीका किरण लामा घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
आयोजक वज्र स्पोर्टस् एकेडेमीका अध्यक्ष तथा प्रतियोगिता संयोजक फुर्वा लामाका अनुसार एक दिने भनिए पनि खेलाडीहरूको ठुलो संख्यामा सहभागिता भएकाले प्रतियोगिता दुई दिन सञ्चालन भएको थियो ।
झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा साउन २४ गते युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबाट उद्घाटन भएको प्रतियोगिता साउन ३१ गते सम्पन्न भएको हो ।
विजेता खेलाडीलाई प्रदेशसभा सदस्य सबिना बजगाईं र गोपाल तामाङ, आयोजक वज्र स्पोर्टस् एकेडेमीका अध्यक्ष फुर्वा लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
करिब २५ लाख रुपैयाँ खर्च भएको प्रतियोगितामा नेपालका धरान, विराटनगर, बिर्तामोड लगायत विभिन्न स्थानका विद्यालय र भरतको दार्जिलिङ, सिलिगुडीसहितका स्थानका विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए ।
विद्यालयस्तरमै कराते खेललाई प्रोत्साहन गर्ने उद्देश्यले सर्वाधिक पुरस्कार राशिसहित आयोजना गरिएको प्रतियोगितामा नेपालका ५० र भारतका २५ गरी ७५ वटा विद्यालय सहभागी थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।