default_image

10 years ago

October 1, 2015

आईटीएफमा नेपाल दोश्रो

213 views

0 Bookmark

चौथो दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमालाले जनाएका छन् ।

ITF

तुलसा राजथलाले २ तथा भीमबहादुर तामाङ, तुलसी थापा मगर, रोशन आचार्य, बसन्ती मगर, अस्मि श्रेष्ठ र आकाश चन्द्रले १–१ स्वर्ण जिते ।

पुकार केसी, राजन रसाइली, म्युजिता खतिवडा, तुलसा, डिलन राई र निर्मला गुरुङले रजत हात पारे । नेपालले सिनियर र जुनियर ग्रुप प्याटर्नमा पनि रजत हात पारेको बताइएको छ । त्यस्तै विकल पौडेलले २ तथा विशाल थापा मगर, भूमिराज बुढा मगर, अस्मि, भीम, राजन र आकाशले १–१ कांस्य प्राप्त गरे । प्रतियोगिता सेप्टेम्बर २७ देखि ३० तारिखसम्म भारतको गोवामा भएको थियो ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.