default_image

9 years ago

March 30, 2017

मुवाँथाईका पदक विजेता खेलाडी सम्मानित

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मुवाँथाई संघले विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई बिहीबार सम्मान गरेको छ । संघले बिहिबार एक कार्यक्रम गर्दै थाइल्यान्डमा भएको विश्व च्याम्पियनसिपमा पदक जित सफल चार खेलाडीलाई सम्मान गरेको हो ।

mouwadai

पदक विजेता खेलाडीहरु सञ्जय राई, अनिशा खड्का, दीपक तामाङ र करुणा रुप्रेतीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट र संघका अध्यक्ष गणेश कक्षपतिले सम्मानित गरे ।

संघले स्वर्ण विजेता राईलाई २० हजार रुपैयाँ सहित सम्मान गरे । यस्तै प्रशिक्षक निलम अधिकारीलाई पनि सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । विश्व च्याम्पियनसिपमा सञ्जय राईले ४८ केजी तौल समूहमा स्पेनका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेको थियो । स्पेनका खेलाडीसँग राईले तीनै फाइट खेलेको थियो ।

यस्तै अनिशा खड्काले ६७ केजी तौल समूहमा रजत तथा दीपक तामाङले ५७ केजी तौल समूह र करुणा रुप्रेतीले ५४ केजी तौल समूहमा कास्य जितेका थिए । ४० भन्दा बढी देशले सहभागिता जनाएको प्रतियोगिता मार्च ११ बाट १८ तारिखसम्म थाइल्याण्डको बैंककमा भएको थियो । च्याम्पियनसिपका नेपालका ६ खेलाडीले सहभागिता जनाएका थिए ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.