default_image

9 years ago

April 3, 2017

राष्ट्रिय करातेमा पुलिस टिम च्याम्पियन

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब गौतम बुद्ध ४८ औं राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्दै पुलिसले टिम च्याम्पियनको उपाधि जितेको हो । बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब दोस्रो भयो ।

nepal-police

आर्मीले ६ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जितेको छ । १ स्वर्ण, १ रजत पदकका साथ मध्यपश्चिमाञ्चल तेस्रो स्थान प्राप्त गर्यो । पुलिसले ३०, आर्मीले २० र मध्यपश्चिमाञ्चलले १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

बौद्धस्थित महेन्द्र बौद्ध माविमा भएको प्रतियोगिताको पुरुषमा पुलिसका सोनाम लामा र महिलामा आर्मीकी मिस्ली श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।तीनदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, पुलिस, आर्मी, नेपाल एपीएफ र आयोजकसहित ९ टोलीका १ सय २८ खेलाडीले १७ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए ।

best-plaers-1

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.