default_image

8 years ago

July 15, 2017

मुकुन्द्र र ज्योति ललितपुर बर्ष कराते खेलाडी

182 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) –जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले करातेका बर्ष खेलाडी घोषणा गर्दै सम्मान गर्ने परम्पराको सुरुआत गरेको छ । पहिलो सम्मान कार्यक्रममा मुकुन्द्र महर्जन र ज्योति गिरी ललितपुर कराते वर्ष खेलाडी– २०७३ अवार्डबाट शनिबार सम्मानित भएका छन् ।


मुकुन्द्रले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दै राष्ट्रिय खेलकुदमा स्वर्णको ह्याट्रिक गरेका थिए । ज्योतिले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत मध्यमाञ्चल क्षेत्रीय छनोटमा रजत जितेकी थिइन् । त्यस्तै ललितपुरकै अर्का कराते खेलाडी एवं डोजोका प्रशिक्षक विप्लवलाल श्रेष्ठलाई पनि विशेष अवार्डबाट सम्मान गरियो । उनले गत अप्रिलमा थाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा कांस्य जितेका थिए ।

ललितपुरका सांसद मदनबहादुर आमात्यले उनीहरुलाई सम्मान गरेका थिए । मुकेन्द्रको अनुपस्थितिमा उनका बाबुले सम्मान ग्रहण गरेका थिए । तीनैले जनही १० हजार रुपैयाँ र सम्मान पत्र प्राप्त गरे । सोही अवसरमा डोजोका सहयोगी संस्था र व्यक्तिलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । डोजोका उपाध्यक्ष समेत रहेका आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता कराते खेलाडी रवि महर्जनले सम्मानितलाई ट्रयाकसुट प्रदान गरेका थिए ।

ललितपुर जिल्ला कांग्रेसका सभापति समेत रहेका अमात्य आफ्नो समयमा खेलाडी रहेकै कारण राजनीतिक अन्य जीवनमा सफलता मिलेको बताए । उनले पार्टीले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्ने दिने मौका दिएमा आफु तयार रहेको समेत बताए । भूकम्पबाट क्षेति पुगेको डोजोको पूर्ननिर्माणका लागि सांसद विकास कोषबाट १५ लाख रुपैयाँ दिने घोषणा गरे ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले खेलकुदमा अहिले बेथिती मौलाएकोमा चिन्ता व्यक्त गरे । डोजोका अध्यक्ष एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अहिले सम्म नेपालले दक्षिण एसियाली खेलकुदमा जितेका २० स्वर्ण पदकमध्ये ललितपुरका ७ खेलाडीले त्यो सफलता दिलाएको स्मरण गर्दै भविष्यमा पनि त्यस्तै खेलाडी उत्पादनका लागि प्रयास गर्ने बताए ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.