default_image

7 years ago

August 17, 2017

इन्टाले बाढी पीडितलाई सहयोग गर्ने, अध्यक्षमा ओलम्पियन लामाको निरन्तरता

 काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएन (इन्टा) मा ओलम्पियन विधान लामाले निरन्तरता पाएका छन् । अमेरिकाको पोटल्यान्डमा बिहीबार सम्पन्न इन्टाको तेस्रो साधारण सभाले लामालाई अध्यक्ष पुनः निरन्तरता दिएको हो । १७ सदस्यीय इन्टाको कार्यसमितिमा प्रथम उपाध्यक्षमा सविता राजभण्डारी, उपाध्यक्षमा सपना मल्ल, अच्युत बास्कोटा, कमल खत्री चयन भएका छन् । त्यस्तै महासचिवमा नारायण गुरुङले […]

37 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएन (इन्टा) मा ओलम्पियन विधान लामाले निरन्तरता पाएका छन् । अमेरिकाको पोटल्यान्डमा बिहीबार सम्पन्न इन्टाको तेस्रो साधारण सभाले लामालाई अध्यक्ष पुनः निरन्तरता दिएको हो ।

१७ सदस्यीय इन्टाको कार्यसमितिमा प्रथम उपाध्यक्षमा सविता राजभण्डारी, उपाध्यक्षमा सपना मल्ल, अच्युत बास्कोटा, कमल खत्री चयन भएका छन् । त्यस्तै महासचिवमा नारायण गुरुङले निरन्तरता पाएका छन् । निर्मल श्रेष्ठ सह सचिव र किशोर श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन् । साधारण सभामा विशेष अतिथिका रुपमा सहभागी कीर्तिमानी पदक विजेता ओलम्प्यिन दीपक विष्टका अनुसार रणुका मगर, बन्दना श्रेष्ठ, रितु जिमी राई, निञ्जन श्रेष्ठ, पासाङ लामा, पदमा गुरुङ, निमा राई, पुष्प थापामगर र कल्पना क्षेत्री इन्टाको सदस्य रहेका छन् ।

इन्टाका अधिकांश पदाधिकारी र सदस्यले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । इन्टाको बिहीबार नै बसेको कार्यसमितिको पहिलो बैठक नेपालमा गएको बाढी, पहिरो पीडितका लागि २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले इन्टाको सहयोगमा सुरु भएको एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपलाई वल्र्ड तेक्वान्दो फेडेरेसन (डब्लूटिएफ) ले आधिकारिक प्रतियोगिताको रुपमा स्वीकार गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएको छ । त्यस्तै इन्टाले नेपाल तेक्वान्दो संघसँग समन्वय गरि आर्थिक, भौतिक पूर्वाधार निर्माण, तेक्वान्दो खेल र खेलाडीको विकासका लागि सम्पूर्ण हिसाबले सहयोग गर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ । बैठकले विशेष अतिथिका रुपमा सहभागी भएकोमा ओलम्पियन विष्टलाई धन्यवाद दिएको थियो ।

April 22, 2024

मुवाँथाईका गुणराजलाई स्पोर्टस युनिभर्सको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका मुवाँथाई खेलाडी गुणराज रुचाललाई स्पोर्टस युनिभर्सले सोमबार सम्मान गरेको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशीले गुणराजलाई स्पोर्टस वेयर समेत प्रदान गरेका थिए । जोशी सुदूरपश्चिम प्रदेश मुवाँथाई संघका उपाध्यक्ष समेत हुन् । गत महिना थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको सेमी प्रोको पुरुष ५४ केजीमा […]

April 20, 2024

दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा नेपाल दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको थियो। शनिबार दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका छन् । त्यस्तै परि घर्तीमगर,अर्जुन क्षेत्री र सिनियर ८७ केजी माथि दीपिका अछाजुले रजत पदक जितेका हुन् । दिक्षाले ४४ केजी मुनिको तौल समूह र […]

April 20, 2024

एसियन जुडोमा मनिता पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मनिता श्रेष्ठ प्रधान एसियन जुडो च्याम्पियनसिपमा पराजित भएकी छिन् । हङकङमा भएको प्रतियोगिताको ५७ केजी मुनिको तौल समूहको आफ्नो दोश्रो खेलमा मनिता कोरियाली खेलाडीसंग पराजित भएको प्रशिक्षक देवु थापाले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बताएको छ । त्यसअघि मनीताले पहिलो खेलमा भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् ।

Success

Thank you for your time.