default_image

10 years ago

August 21, 2015

तेक्वान्दोका २५ लाई छैटौं डान

285 views

0 Bookmark

काठमाडौं, भदौ ४ गते |

नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकहरुलाई छैटौं डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले दिक्षीत २५ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरे ।

don

छैटौं डान प्राप्त गर्न सफल प्रशिक्षकहरु ।

१० दिन सम्म संचालित पाँचौ डानको परिक्षा उत्तीर्ण गरि छैटौ डान प्राप्त गर्न आवेदन दिएका २७ प्रशिक्षक मध्ये एक दीपक विष्ट बिदेशमा रहेका र अर्का एक भरत भण्डारीको परिक्षाको तयारी नभएका कारण परिक्षामा सहभागि नभएको तेक्वान्दो संघका महासचिव एवं प्रशिक्षक दीपराज गुरुङ्गले बताए । उनीहरुलाई निकट भविष्यमा आयोजना हुने परिक्षामा सामेल गराईने समेत प्रशिक्षक गुरुङ्गले बताएका छन् ।

प्रशिक्षक गुरुङ्गले छैटौं डान प्राप्त गर्नका लागि एक खेलाडीलाई करिव २२–२३ बर्ष लाग्ने समेत जानकारी गराए ।

अव नेपालमा छैटौं डान प्राप्त गर्नेको संख्या ६१ पुगेकोछ । उत्तीर्ण प्रशिक्षकहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत रहेकाछन् ।

तेक्वान्दोमा सर्वोच्च ९ औं डान सम्मको ग्रेडिङ्ग रहेकोमा नेपालमा ८ औं डानका एक मात्र तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ्ग रहेका छन् ।

प्रमाण पत्र वितरण कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणा र तेक्वान्दो संघका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.