10 years ago
August 24, 2015
काठमाडौं, भदौ ६ गते ।
एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।
अगष्ट २६ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६४ केजीमा दीपक श्रेष्ठ र ७५ केजीमा उज्जरसिंह थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । राष्ट्रिय टिम तयारीका सदस्य चारै खेलाडीसंग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।
प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक ओमकुमार मास्के तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य राजेशकुमार रौनियार रहेका छन् ।
एसियाली च्याम्पियनसिपमा नेपालले हालसम्म २ कांस्य पदक जितेको छ । उमेश मास्के र प्रवीण तुलाधरले दुई फरक संस्करणमा कांस्य जितेका थिए ।
एसियाली च्याम्पियनसिपमा आगामी अक्टोबरमा कतारको दोहामा हुने विश्व बक्सिङ च्याम्पियनसिपका लागि खेलाडी छनोटका रुपमा समेत रहेको छ ।
प्रशिक्षक मास्केले लक्ष्य पदक नै भएको बताउदै प्रेम र दिनेशबाट बढी पदकको आस गरिएको बताए । उनले कांस्य पदकको आस गरिएको बताए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]