10 years ago
August 24, 2015
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण जितेका छन् ।”
मलेसियाको सारावाकस्थित कुचिङमा आइतबार सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि सेमिफाइनलमा काजलले ब्रुनइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको टिम प्रशिक्षक कुमार लामा घिसिङले जनाएका छन् ।
त्यस्तै सिनियर महिलाकै ४९ केजीमुनि अस्मिताले सेमिफाइनलमा थाइल्यान्डकी पिलाडस्पोर्नीलाई १५–५ तथा फाइनलमा हङकङकी कोङ विङ येनलाई १३–१ ले पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् ।
जुनियर पुरुषको ६३ केजीमुनि सुबोध खड्काले रजत जिते । क्वाटरफाइनलमा मलेसिया र सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई पाखा लगाएका सुबोध फाइनलमा थाइल्यान्डका खेलाडीसंग चुके । सिनियर पुरुषको ६३ केजीमाथि विकेश विडारी क्वाटरफाइनलमा ब्रुनइका खेलाडीसंग पराजित भएपछि पदकविहीन बने । पेयर पुम्सेमा अस्मिता र सुबोधले कुल १० अंकमा ६.४३ अंक हासिल गर्दै कांस्य जितेको बताइएको छ ।
सिनियर महिलातर्फ अस्मिता उत्कृष्ट खेलाडी समेत घोषित भइन् । २५ निर्णायक मध्ये ३ जना उत्कृष्ट घोषित गरिएकोमा नेपालका नोर्बु लामा पनि एक रहे ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]