10 years ago
January 27, 2016
काठमाडौं, माघ १३ गते ।
नेपाल जुडो संघको अध्यक्षमा दीपकहर्ष वज्राचार्य लगातार तेश्रोपटक निर्विरोध निर्वाचित भएका छन् । मंगलबार अबेर सम्पन्न संघको पाचौं साधारणसभाले संस्थापक महासचिव वज्राचार्यको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा खड्गबहादुर दाहाल तथा उपाध्यक्षमा सुदेव महत, पीयूष श्रेष्ठ, रमेश महर्जन र बाबुराजा महर्जन रहेका छन् । अघिल्ला कार्यसमितिका सचिव धर्मकुमार श्रेष्ठ महासचिवमा पदोन्नती भए । सूर्यनारायण श्रेष्ठले उपमहासचिव, हेमराज भण्डारीले सचिव, विपिनप्रसाद श्रेष्ठले कोषाध्यक्ष तथा दिनेश आचार्यले कोषाध्यक्षको जिम्मेवारी पाए ।
सुरजकाजी डोटेल, मनोजबहादुर केसी, माधवराज अधिकारी, धर्मरत्न पाछै, प्रमोदप्रसाद नेपाल, रामकृष्ण विसी, विष्णुबहादुर गुरुङ, ओलम्पियन ऋषिराम प्रधान तथा गंगाबहादुर डंगोल सदस्यमा निर्विरोध बने । राजेश श्रेष्ठ, पदमबहादुर बुढाथोकी, तेजेन्द्र थापा, ओलम्पियनद्वय इन्द्र डंगोल र देबु थापा, पृथ्वी आलोक तथा चन्द्र डंगोल सदस्यमा मनोनित भए । जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितलाई पदेन सदस्यमा मनोनित भए ।
त्यस्तै सिद्दिबहादुर शाक्य, धर्मशीला चापागाईं, हरिप्रसाद श्रेष्ठ, लक्ष्मीरत्न तुलाधर र शैलेन्द्रमान श्रेष्ठ सल्लाहकारमा चयन भए ।
पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेतले शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए । त्यसअघि युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले साधारणसभाको उद्घाटन गरेका थिए ।
यसैबीच राखेप सदस्य–सचिव केशवकुमार विष्टले पदाधिकारीहरुलाई राखेप हातामा बुधबार स्वागत गर्नुका साथै सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]