10 years ago
February 23, 2016
काठमाडौं, फागुन ११
१२औं सागमा पदक जित्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नेपाल जुडो संघले नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको ओलम्पियन सेमि कवर्ड हलमा मंगलबार एक कार्यक्रम गर्दै संघले नगदसहित सम्मान गरेको हो ।
सागमा नेपालले जुडोबाट एक स्वर्ण, दुई रजत र ६ कास्यपदक जितेको थियो । संघले सागमा स्वर्ण जित्नेलाई ५० हजार, रजत जित्नेलाई ३० हजार, कास्य विजेता र प्रशिक्षकलाई २० हजार तथा व्यवस्थापकलाई १५ हजारसहित सम्मान गरेको हो ।
स्वर्ण विजेता फुपुल्हामु खत्रीले स्वर्ण तथा लिला अधिकारी र ममता श्रेष्ठ रजत पदक जितेका थिए । यस्तै सरिता चौधरी, गंगा चौधरी, पुनम श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, रमेश मगर र शिव बहादुर बरामले कास्य जितेका थिए । दल बहादुर गुरुङ र इन्द्र डंगोल प्रशिक्षक तथा ओलम्पियन देवु थापा र गंगा बहादुर खड्का व्यवस्थापकको रुपमा रहेका थिए ।
खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यलगायतले नगदसहित सम्मान गरेका थिए ।
सदस्य–सचिव विष्टले सम्मान उत्साहप्रद रहेको बताउदै हंंगेरीमा विशेष प्रशिक्षणको लागि बुधबार त्यसतर्फ प्रस्थान गर्न लागेका स्वर्ण धारी फुपु ल्हामु खत्रीका तयारीका लागि आवश्यक प्रवन्ध मिलाउने वचनवद्ध गरे । सदस्य–सचिव विष्टले नेपालमा आयोजना हुन लागेको १३औं सागको लागि तयारीमा जुटिहाल्ने पनि बताए । यस्तै जुडो संघका अध्यक्ष दिपक हर्ष बज्रचार्यले निरन्तर प्रशिक्षण गरिहने मौका पाए जुडोको पदक जित्ने सम्भावना प्रवल रहेको बताए ।
कार्यक्रममा जुडो संघका सहमहासचि सुर्य नारायण श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]