7 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारतको देहरादुनमा आयोजना हुने प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित १० जनाको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोबरधन र रञ्जना धामीले भाग लिने छन् ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको नेतृत्वमा रहेको टोलीमा, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सन्जिव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले सोमबार विदाई गरे ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]