6 years ago
August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोए शुक्रबार साँझ नेपाल आउँदैछन् । उनी तीन दिन नेपाल रहने बताइएको छ ।

डब्लूटिएफको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइरहेको अभिभावाहरुका बालबच्चालाई लक्षित गरि सञ्चालन भइरहेको वल्र्ड तेक्वान्दो केयर्स प्रोजेक्टको उद्टानका लागि चोए नेपाल आउन लागेका हुन् । चोए नेपाल आउन लागेको यो तेस्रो पटक हो ।
सातदोबाटोस्थित तेक्वान्दो हलमा शनिबार आयोजना हुने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र अध्यक्ष चोएले प्रोजेक्टको संयुक्त रुपमा उद्घाटन गर्नेछन् ।
सोही अवसरमा नेपालको तेक्वान्दोमा सहयोग गर्नेहरुलाई डब्लूटिएफले सम्मान गर्ने कार्यक्रम रहेको तेक्वान्दो संघले जनाएको छ । तेक्वान्दो संघले पनि डब्लूटिएफका अध्यक्ष चोएसहितलाई सम्मान गर्ने तयारी रहेको छ ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]